काठमाडाैँ । २०८२ साल कार्तिक २६ गते बुधबार तदनुसार १२ नोभेम्बर २०२५ । अष्टमी तिथी ५४ घडी ३० पला नवमी तिथी प्रारम्भ हुनेछ । अत्लेषा नक्षत्र ४५ घडी १५ पला उप्रान्त मघा नक्षत्र प्रारम्भ हुनेछ । शुभ योग बायब्ल करण आज बिहान सूर्योदय ६:२३ मा भयो भने सूर्यास्त साँझ ५:१२ मा हुनेछ। आज बुधबार चन्द्रमा कर्कट राशिमा ।
मेष राशि
आयमा वृद्धि भएर जानेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। सामाजिक उत्तरदायित्व बढेर जानेछ। पठनपाठनमा सफलता मिल्ने योग छ।
वृष राशि
पारिवारिक सरसहयोगले अधुरा कामहरू पूरा भएर जानेछन्। बोलीमा माधुर्यता छाउनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आकस्मिक आयमा वृद्धि भएर जानेछ।
मिथुन राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ। स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ। लेखन शैलीमा कमी आउने योग छ। पारिवारिक कलह बढेर जाने देखिन्छ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। बोलीमा मिठास छाउने छ। दूग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। नवीन कार्यको शुभारम्भ गरिनेछ।
सिंह राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ।
कन्या राशि
अधुरा कामहरू पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ। कार्यमा भएको सफलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ ।
तुला राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। लेखन शैलीमा कमी आउने देखिन्छ । शेयर कारोबारमा घाटा भएर जानाले मानसिक तनाव बढेर जानेछ।
वृश्चिक राशि
गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। मानसम्मानमा आघात पुग्नेछ। साथीभाइबाट प्राप्त धाेकाले मनमा चिन्ता बढ्नुका साथै कुरा काट्नेहरू सक्रिय रहनेछन्।
धनु राशि
माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । बोलीमा माधुर्यता छाउनेछ। आकस्मिकरुपमा धनलाभ लिन सकिनेछ । वैदेशिक कार्यमा प्राप्त सफलताले मनमा खुसी छाउनेछ।
मकर राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । लेखनशैलीमा वृद्धि भएर जानेछ। सामाजिक काममा सहभागी हुने अवसर जुट्नेछ। मिष्ठान्न भोजन गरिनेछ।
कुम्भ राशि
वैदेशिक काममा बाधा आउनेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। पठनपाठनमा असफलता प्राप्त हुनाले सबैबाट अपहेलित हुनुपर्ने देखिन्छ।
मीन राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने योग छ। गरिरहेको काममा बाधा आउनुका साथै राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।
प्रतिक्रिया