• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषधसहित काठमाडौँबाट तीन जना समातिएः पक्राउ पर्नेमा पाँचखालका मगर पनि

अवैध लागूऔषधसहित काठमाडौँबाट तीन जना समातिएः पक्राउ पर्नेमा पाँचखालका मगर पनि

काठमाडौँ । काठमाडौँ महानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, प्रोमेथाजाईन-१६ एम्पुल र बुप्रेनोर्फिन १६ एम्पुलसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका-९ घर भएका ३२ वर्षीय विष्णु थापा मगर र काठमाडौं बौद्ध बस्ने उदयपुर घर भएका २६ वर्षीय योगेश राई रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बर्दिया, गेरूवा गाउँपालिका-५ झबही बस्ने २४ वर्षीय कमल शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ४, बिहीबार ११:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP