• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब नाघ्याेः चार महिनामा थपियाे ५५ अर्ब ३६ करोड

सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब नाघ्याेः चार महिनामा थपियाे ५५ अर्ब ३६ करोड

काठमाडौँ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको कार्तिक मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ।

गत असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब २७ अर्ब ६१ करोड साँवा र २३ अर्ब २७ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चार महिनामा एक खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको छ। बार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १०, बुधबार ००:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP