• २०८३ असार ३१ | Wed, 15 Jul 2026

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानः मण्डनदेउपुरमा सरसफाई कार्यक्रमको आयोजना

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानः मण्डनदेउपुरमा सरसफाई कार्यक्रमको आयोजना

काभ्रे । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएकाे छ।

नगरपालिकाकाे आयाेजना, इकोहिमालको सहकार्य र नगरपालिकाका तीन वटा विद्यालयहरु डेडीथुम्का मावि, मण्डनभ्याली एकेडेमी र लिटिल स्टार इङ्गलिस स्कूलकाे व्यवस्थापनमा कार्यक्रम गरिएकाे हाे । जसमा नगरपालिकाभरिका मावि स्कुलका किशाेरी सञ्जालमा जाेडिएका करिब डेढ सय विद्यार्थीहरुकाे उपस्थिती रहेकाे इकाेहिमालका कार्यक्रम अधिकृत धर्मराज पाैडेलले जानकारी दिनुभयाे ।

कार्यक्रम नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालकाे प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालकाे विशेष आतिथ्यता र पालिकास्तरिय किशोरी सञ्जालकी सपना सुन्दासकाे सभापतित्वमा सम्पन्न भएकाे हाे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुका तर्फबाट वडानम्बर १२ ज्याम्दीस्थित इन्द्रावती माविका प्रधानाध्यापक वेदप्रसाद खतिवडा तथा वडाध्यक्षहरुका तर्फबाट वडानम्बर १० का वडाध्यक्ष कुमार माेक्तान तामाङ र मण्डनदेउपुर उद्योग बाणिज्य संघका अध्यक्ष बद्रीप्रसाद नेपालले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

स्वागत मन्तव्य पालिकास्तरिय बाल सञ्जालका संरक्षक शिक्षक आनन्द सापकाेटाले राख्नुभएकाे कार्यक्रममा व्यानर तथा प्लेकार्डसहित कुन्ताबेँसीदेखि पालिका भवनसम्मको फोहोर संकलन गरिएको थियो । कार्यक्रम सञ्चालन पालिकास्तरिय बाल सञ्जालकी अध्यक्ष रोशनी रम्तेलले गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १०, बुधबार १४:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP