• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषध काराेबारमा काभ्रेका रोकेश लामासहित देशका विभिन्न स्थानबाट २० जना पक्राउ

अवैध लागूऔषध काराेबारमा काभ्रेका रोकेश लामासहित देशका विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ। अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार ५ सय २५ ट्याब्लेटसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने काभ्रे घर भएका १९ वर्षीय रोकेश लामा र काठमाडौँ महानगरपालिका-३२ नरेफाँट बस्ने सुनसरी घर भएका २४ वर्षीय विवेक भुजेल रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ४० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-१ बस्ने ४० वर्षीय नरेश पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका-१ रवी स्टेनस्थित आरक्यू होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ सिर्पाली चोक बस्ने २५ वर्षीय रामकुमार गौतम, सोही नगरपालिका-१ सोल्मारी बस्ने ३२ वर्षीय योगेश शर्मा, सोही नगरपालिका-१ सैनिक चोक बस्ने ५० वर्षीय प्रमेश राई र मोरङ, उर्लाबारी नगरपालिका-८ दुर्गापुरी बस्ने ३० वर्षीया ललिता धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले होटल तलासी गर्दा ४ नम्बर कोठाबाट राम कुमार र ललितालाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम र नगद २८ हजार रूपैयाँसहित तथा ८ नम्बर कोठाबाट योगेश र प्रमेशलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिक मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय प्रफुल्ल राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-११ गाईखर्क चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५८ ट्याब्लेट र प्रोमेथाजाइन ३३ ट्याब्लेटसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिका नगरपालिका-३ बस्ने २२ वर्षीय प्रताप विक र २८ वर्षीय होमबहादुर तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ह २३४० नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रताप र अटोमा सवार होमबहादुरलाई पक्राउ गरेको हो ।

यसैगरी चितवन, रत्ननगर नगरपालिका-१४ पारिजात चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्ट, सोही नगरपालिका-६ बस्ने बारा घर भएका ४० वर्षीय नेजाबुद अन्सारी र सोही नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठ रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१२ कुडहरचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-८ बस्ने २५ वर्षीय राहुल शेरचन र सोही महानगरपालिका-६ लेकसाईड बस्ने २२ वर्षीय दिपेन छन्त्याल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीसमेतबाट खटिएको प्रहरीले ग.२६ प ३७९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ बस्ने २५ वर्षीय सुवास खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ पिपरैया बस्ने २६ वर्षीय सुरज राना र सोही नगरपालिका-८ बिछुवा बस्ने २२ वर्षीय समिर बडायक रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिरहा, गोलबजार नगरपालिका-६ हटिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित नरहा गाउँपालिका-३ खोरिया टोल बस्ने २१ वर्षीय समिर लहेरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ गोलबजार नगरपालिका-६ बस्ने २६ वर्षीय राजन विश्वकर्मासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात राजनलाई गोलबजार नगरपालिका-६ बाट प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ११, बिहीबार ०७:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP