• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कात्तिकमा मापसे गरि सवारी चलाउँदा २५० दुर्घटना, ११ जनाको मृत्यु (कुन प्रदेशमा कति ?)

कात्तिकमा मापसे गरि सवारी चलाउँदा २५० दुर्घटना, ११ जनाको मृत्यु (कुन प्रदेशमा कति ?)

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा मादक पद्धार्थ सेवन गरि सवारी साधन चलाउने चालकहरुबाट २५० वटा दुर्घटना भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार त्यस्ता दुर्घटनाबाट ११ जनाको मृत्यु र ३७५ जना घाइते भएका छन् । तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा ५७ वटा दुर्घटना भए । जसमा एक जनाको मृत्यु र ७४ जना घाइते भएका थिए ।

वागमती प्रदेशको काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा १२ वटा दुर्घटनामा एक जनाको मृत्यु र २२ जना घाइते भएको तथ्यांक छ । मापसेका कारण लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै दुर्घटना भए । यहाँ १०३ दुर्घटनामा ७ जनाको मृत्यु र १६३ जना घाइते भएका थिए ।

यस्तै कात्तिकमा मापसे गरि सवारी संचालन गर्दा कोशी प्रदेशमा ४१ वटा दुर्घटना, एक जनाको मृत्यु र ६१ जना घाइते भएका थिए । मधेस प्रदेशमा २० वटा दुर्घटना, एक जनाको मृत्यु र २८ जना घाइते, गण्डकीमा भएका चार वटा दुर्घटनामा ६ जना घाइते भए । यहाँ मृत्यु हुनेको संख्या शुन्य छ ।

कर्णालीमा ६ वटा दुर्घटनामा १० जना घाइते र सुदुरपश्चिम प्रदेशमा ७ वटा दुर्घटनामा ११ जना घाइते भएका र यी दुवै प्रदेशमा मृत्यु हुनेको संख्या शुन्य रहेको नेपाल प्रहरीले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ११, बिहीबार ०९:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP