• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्पः सुनामीको चेतावनी छ ?

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्पः सुनामीको चेतावनी छ ?

काठमाडौँ । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । संयुक्त राज्य अमेरिकाकाे भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले यसकाे जानकारी दिएकाे हाे ।

हालसम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः५६ बजे २५ किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।

भूकम्पपछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको “कुनै खतरा“ नभएको जनाएको छ ।

इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बीएमकेजी) ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको जनाएको छ ।​​​​​​​एजेन्सी



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ११, बिहीबार ०९:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP