• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

२०८२ साल मार्ग २२ गते सोमबार, यस्तो छ आजको राशिफल

२०८२ साल मार्ग २२ गते सोमबार, यस्तो छ आजको राशिफल

बनेपा । २०८२ साल मार्ग २२ गते सोमबार, तदनुसार ८ डिसेम्बर २०२५ ।  चतुर्थी तिथी ३६ घडी ३८ पला । पन्चमी तिथी प्रारम्भ हुनेछ । पुनर्बशु नक्षत्र ७ घडी १ पला उप्रान्त तिष्य नक्षत्र प्रारम्भ हुनेछ ।  ब्रम्म योग बयब करण आज बिहान सूर्योदय ६:४४ मा र सूर्यास्त साँझ ५:७ मा हुनेछ । आज सोमबार चन्द्रमा कर्कट राशिमा ।

मेष राशि

जागिरमा पदोन्नतिको सम्भावना बढेर जाने देखिन्छ । सौभाग्यमा वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त गरिनुका साथै माङ्गलिक कार्यमा सहभागी भइनुले सबैको प्यारो बनिनेछ।

वृष राशि

अध्ययन अध्यापनमा सफलता पाइने योग छ। व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

मिथुन राशि

अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। सानो कुरामा पनि पारिवारिक कलह बढेर जाने देखिन्छ। धनमाल हराउन सक्ने देखिन्छ।

कर्कट राशि

बोलीको प्रभाव बढेर जानेछ । राजनीतिक क्षेत्रमा तपाईंकै जित हुनेछ । सौन्दर्यतामा मन जाने देखिन्छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। नयाँ कार्यको थालनी हुनाले मनमा खुसी छाउने छ।

सिंह राशि

व्यर्थैमा झैझगडा गर्नुपर्ने देखिन्छ । रोजगारीमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। मानसम्मानमा आघात पुग्नेछ। पठनपाठनमा पाइएको असफलताले सबैबाट अपहेलित हुनुपर्ने देखिन्छ।

कन्या राशि

आयमा वृद्धि भएर जानेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । जग्गा जमिनसम्बन्धी काममा सफलता प्राप्त गर्न सकिनेछ।

तुला राशि

व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ । न्यायिक काममा बाधा आउनेछ झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । अनावश्यकरुपमा कलह बढेर जानुका साथै लेखनशैलीमा कमी आउनेछ।

वृश्चिक राशि

नसासम्बन्धी समस्याले सताउने योग छ । आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । परिवारमा असमानजस्य वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।

धनु राशि

पराक्रम बढेर जानेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखन शैलीमा तीव्रता आउनेछ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिनुले सबैको प्यारो बनिनेछ।

मकर राशि

मानसम्मानमा वृद्धि भएर जानेछ। परिवारमा नयाँ कार्यको थालनी हुनेछ। बोलीमा माधुर्यता छाउने छ। नयाँ साथीको आगमनले व्यवसायमा थप लगानी बढाइने हुँदा मनमा खुसी छाउनेछ।

कुम्भ राशि

चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ। पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।

मीन राशि

न्यायिक कार्यमा बाधा आउनेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। झुट्टा मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २१, आईतवार २२:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP