काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवमा हार व्यहोरेका नेता गोकुल बास्कोटाले केन्द्रीय सदस्यमा भने जित हासिल गरेका छन् ।
सचिव पदको प्रतिस्पर्धामा गोकुल बास्कोटाले १ हजार ३० मत ल्याएका थिए । जसमा उनी ७८ मतले पराजित भए ।
केन्द्रीय सदस्यमा भने बास्कोटाले १ हजार १९५ मत ल्याएका छन् । उनी सचिवमा ईश्वर पाेखरेलकाे प्यानलबाट चुनाव लडेका थिए ।
एमालेमा पदाधिकारी उम्मेदवार व्यक्ति केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था रहेकाे छ।
प्रतिक्रिया