• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

नेप्से परिसूचकमा १९.८९ अङ्ककाे गिरावट, कति भयाे काराेबार ?

नेप्से परिसूचकमा १९.८९ अङ्ककाे गिरावट, कति भयाे काराेबार ?

काठमाडौँ । नेप्से परिसूचक मंगलबार १९.८९ अङ्कले ओरालो लागेको छ । आज बजार परिसूचक घटेर २ हजार ७४१.९७ विन्दुमा झरेको हो । आजको कारोबारमा कुल ४ अर्ब ४३ करोड ८२ लाख बराबरको शेयर किनबेच भयो ।

बजारमा आज घट्ने कम्पनीहरूको बाहुल्यता रह्यो । कारोबार भएकामध्ये कुल २९ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा २२१ कम्पनीको मूल्यमा भने गिरावट आएको छ। बजारमा सबैभन्दा धेरै कमाउने कम्पनीहरूको सूचीमा हिमस्टार ऊर्जा कम्पनी रहेकाे छ। उक्त कम्पनीको शेयर ९.९८ प्रतिशतको वृद्धि भएको हाे ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी २२ करोड ७० लाख रुपैयाँको शेयर किनबेचसहित अगाडि रहेको छ । आज बजारमा कुल १ करोड ५ लाख कित्ता शेयर ८९ हजार ७७५ पटक कारोबार भएका थिए । बजारमा कारोबार भएकामध्ये सबै उपसूचक आज घटेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १७, मंगलवार १२:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP