• २०८२ भाद्र २६ | Thu, 11 Sep 2025

गोदाम भरि मल छ तर किसानले पाउँदैनन् किन ?, यस्तो रहेछ कारण (भिडियो)

गोदाम भरि मल छ तर किसानले पाउँदैनन् किन ?, यस्तो रहेछ कारण (भिडियो)

  • ज्ञानमणि नेपाल कालोटोपी

धुलिखेल । भरिभराउ मलका बोरा भएको यो कृषि सामाग्री कम्पनी धुलिखेलको मल गोदाम हो । यहाँ देखिएका मलका हजारौं बोराले ५ केजी मलका लागि दिनभरि लाइन बसिरहेका किसानलाई गिज्याइरहेको भान हुन्छ । हुन पनि यहाँ यतिबेला टनका टन रासायनिक मल छ । तर यी मल सिधै किसानका खेतबारीमा भने पुग्दैनन् । किसानले यी मलका बोरा छुनका लागि निकै चरण पार गर्नुपर्ने अवस्था छ ।

सरकारले मल वितरणमा कोटा प्रणाली लागू गरेको छ । जसले गर्दा यी मल किसानले सहकारी संस्थामार्फत मात्र पाउने गरेका छन् । कृषि मन्त्रालयले सबै प्रदेशका लागि मलको कोटा तोक्छ । प्रदेशमार्फत जिल्ला र पालिकाका लागि छुट्टै कोटा तोकिन्छ । प्रदेशबाट आएको लिस्टअनुसार मात्रै कृषि सामाग्री कम्पनीले मल वितरण गर्नुपर्ने बाध्यता रहेको धुलिखेलस्थित कार्यालयका प्रमुख आलोककुमार शर्मा बताउनुहुन्छ ।

उता किसान भने केही विचौलिया र आफ्ना भनिएकाहरुलाई मात्र सरकारले मल दिइरहेको आरोप लगाइरहेका छन् । सहकारीहरुले पनि आफ्नो लागि छुट्याएर मात्र किसानलाई मल दिने गरेका कारण पनि समस्या भएको उनीहरुको आरोप छ । त्यसो भए मूख्य समस्या कहाँ छ त ? जहाँ धेरै माग छ त्यहाँ त्यही अनुसार वितरण गर्ने र कम माग भएका ठाउँमा कम मात्र परिमाणमा वितरणको प्रणाली विकास गर्न सके अहिले आयात भएकै मलले सबैलाई पुर्याउन सकिने कार्यालय प्रमुख शर्माको भनाइ छ । किसानको माग १३ लाख मेट्रिक टन तर आयात मुस्किलले पाँच लाख मेट्रिक टन मात्र हुने गरेका कारण माग र आपूर्तिबीच असन्तुलन हुँदा मल अभाव भएको उहाँ बताउनुहुन्छ ।

सरकारले यस वर्ष कृषि क्षेत्रका लागि ५७ अर्ब बजेट विनियोजन गरेको छ जसमा २८ अर्ब त मल खरिदकै लागि छुट्याएको छ । तैपनि किसान भने मलकै समस्या बेहोर्न बाध्य छन् । यसको समाधान कहिले ? किसानको यो प्रश्नको जवाफ दिने निकाय नै छैन ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १९, बिहीबार ०४:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP