• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

समय आएपछि पार्टीकाे महाधिवेशन हुन्छ : देउवा

समय आएपछि पार्टीकाे महाधिवेशन हुन्छ : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे आसन्न महाधिवेशन समय आएपछि हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले यस्ताे बताएका हुन् ।

फरक प्रसंगमा उनले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए ।

तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने स्पष्ट पार्दै सभापति देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको प्रतिक्रिया दिए ।
वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने उनकाे भनाइ थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २१, शनिबार ०६:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP