• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

संघीय संसदका विभिन्न चार संसदीय समितिका बैठक आज बस्दै

संघीय संसदका विभिन्न चार संसदीय समितिका बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चार वटा संसदीय समितिका बैठक आज बस्दैछन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे कानून समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसद सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २३, सोमबार ०१:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP