• २०८३ असार ३१ | Wed, 15 Jul 2026

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने भएको छ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेसँगै आयोगलाई मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुलेको हो। यससँगै मतदाता नामावलीमा नाम समावेश नभएका तर उमेर पुगेका जेनजी पुस्ताले पनि नाम दर्ता गरेर आफ्नो मताधिकार सुनिश्चित गर्न पाउने छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्ने कानुनी बाधा फुकेसँगै आयोगको बैठक बसेर मतदाता नामावली सङ्कलन गर्न मिति तोकिने बताएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ८, बुधबार ११:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP