• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जेनजी आन्दोलन : घाइतेको उपचारमा कुनै कमी नहाेस्ः शिक्षामन्त्री

जेनजी आन्दोलन : घाइतेको उपचारमा कुनै कमी नहाेस्ः शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्यस्थितीबारे जानकारी लिएका छन् ।

आज राजधानीकाे ट्रमा सेन्टर पुगेर उनले घाइतेहरुकाे उपचारको अवस्थाबारे जानकारी लिएका हुन् ।

सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेकाे उनले घाइतेलाई जानकारी दिए । उपचारमा कुनै कमी हुन नदिन पनि उनले सम्बद्ध पक्षलाई अनुराेध गरेका थिए ।

गत भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा घाइते भएकाहरु अहिले पनि विभिन्न अस्पतालमा उपचाररत छन् । साे आन्दाेलनमा ७५ जनाले ज्यान गुमाएका थिए ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ११, शनिबार ११:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP