काठमाडौँ । २०८२ साल आश्विन १२ गते आइतबार । तदनुसार २८ सेप्टेम्बर २०२५ । षष्ठी तिथी ११ घडी ५७ पला सप्तमी तिथी प्रारम्भ हुनेछ । ज्येष्ठा नक्षत्र ४९ घडी १ पला उप्रान्त मुल नक्षत्र प्रारम्भ हुनेछ । आयुष्मान योग गर करण आज बिहान सूर्योदय ५:५५ मा भयो भने सूर्यास्त साँझ ५:५२ मा हुनेछ। आज आइतबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष राशि
शेयर बजारबाट प्रशस्त लाभ लिन सकिनेछ। लेखन शैलीमा तिव्रता आउने देखिन्छ। साथीभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। दाम्पत्य जीवन शैलीमा खुशीयाली छाउने छ।
वृष राशि
पारिवारिक सरसहयोगले काममा सफलता पाइने योग छ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। पठनपाठनमा वृद्धि भएर जानेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर पाइने योग छ।
मिथुन राशि
झुट्टा आरोपको सामना गर्नुपर्नेछ । गरिरहेको काममा बाधा आउनेछ। आयमा कमी विद्यामा ह्रास आउनाले मनमा चिन्ता बढेर जानेछ। बोलीमा कठोरता आउने योग छ।
कर्कट राशि
व्यर्थमा झैझगडाको सामना गर्नुपर्नेछ। बोलीमा आएको परिवर्तनले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। स्वास्थ्यमा गडबढ आउने देखिन्छ।
सिंह राशि
सन्तानको सुख पाइने योग छ । स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ। कलाकारितामा मन जानेछ। नयाँ कार्यको थालनी हुनाले सबैको विश्वाससिलो भइने योग छ । भोजभतेरमा सहभागी भइनेछ।
कन्या राशि
धार्मिक यात्राको अवसर जुट्नेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। लेखन शैलीमा तीव्रता आउनेछ । सामाजिक उत्तरदायित्व बढेर जानाले मनमा उत्साह बढ्ने देखिन्छ।
तुला राशि
आफन्तमा बहिरभाव आउनेछ । जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ । राज्य पक्षबाट समेत कष्टता पाइने योग छ।
वृश्चिक राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। स्वास्थ्यमा सुधार भएर जानेछ। दाजुभाइको सहयोगले नयाँ कार्यको थालनी हुनेछ। तरल पदार्थसम्बन्धी व्यवसायमा सफलता पाइने योग छ।
धनु राशि
कृषि तथा चौपायाबाट घाटा व्यहोर्नु पर्नेछ। राजनीतिमा त्यति राम्रो देखिने योग छैन । आफूलाई अगाडि लगाएर अर्काले फाइदा उठाउन सक्ने सम्भावना बढेर गएको छ।
मकर राशि
लामो दुरीको यात्राको योग रहेको छ। अपरिचित व्यक्तिले पनि तपाईंकै प्रशंसा गर्न थाल्नेछन् । प्रेमी प्रेमीकाबीच माधुर्यता छाउनेछ । दाजुभाइको सरसहयोग मिल्ने देखिन्छ।
कुम्भ राशि
अधेरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। व्यापारमा सुधार भएर जानेछ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ । भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
मीन राशि
सामाजिक कार्यमा अग्रसर भइनेछ । व्यापारमा लाभ मिल्नेछ । अध्ययन अध्यापनमा सफलता पाइनुका साथै धार्मिक क्षेत्रको भ्रमण गरिने योग छ । मानसम्मानमा वृद्धि भएर जानेछ।
प्रतिक्रिया