• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बीपी राजमार्गमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १६ जना घाइते

बीपी राजमार्गमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १६ जना घाइते

सिन्धुली । सिन्धुली जिल्लाका दुई स्थानमा आज भएका सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–६ भालुखोलामा बाेलेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोलञ्जोर गाउँपालिका–४ का २६ वर्षीय ओमबहादुर रानामगरले चलाएको बा २० च ९३१ नम्बरको बोलेरो जिप काठमाडौँबाट धापचौकीतर्फ जाँदै गर्दा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनकाअनुसार गाडी चालकसहित १३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमध्ये गोलञ्जोर गाउँपालिका–४ का २३ वर्षीय प्रेम मगर गम्भीर अवस्थामा छन् । गोलञ्जोरकै २० वर्षीया मालती खुलाल, १७ वर्षीय भोजबहादुर थापा, २२ वर्षीया जम्पा खुलाल, ११ वर्षीय सुशन मगर, केदार थापामगर, २० वर्षीया रोजिना थापामगर, २२ वर्षीय ज्ञानेन्द्र मगर, ३५ वर्षीय ताराबहादुर खुलाल, आठ बर्षीय नितेश मगर, २२ वर्षीया रोश्मी मगर, २५ वर्षीय ओम आलेमगर र २६ वर्षीय ओमबहादर रानामगर घाइते भएका छन् ।

घाइतेलाई खुर्कोटस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी विपद् बेस क्याम्पको संयुक्त टोलीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्‍याएको छ ।

त्यसैगरी दुधौली नगरपालिका–५ ठाकुर खोला पुलस्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्, त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको नाम थर नखुलेको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार गरी उपचारका लागि दुधौली नगर अस्पताल पठाइएको छ । घाइते तीनै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक सुवेदीका अनुसार दुधौलीको सिर्थौलीबाट डकाहातर्फ जाँदै गरेको ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको फलामको रेलिङमा ठोक्किएको थियो ।राससकाे सहयाेगमा



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १३, सोमबार १५:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP