• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बनेपा-पनाैती राेडकाे नैकिनटारमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

बनेपा-पनाैती राेडकाे नैकिनटारमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

बनेपा । बनेपाबाट पनाैती जाँदै गरेकाे माेटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि भएकाे दुर्घटनामा दुई जना घाइते भएका छन्।

आज बिहान बनेपाबाट पनाैती जाँदै गरेकाे माेटरसाइकलले पनाैती नगरपालिका ५ नैकिनटारमा पैदलयात्रीलाई ठक्कर दिएकाे थियाे ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएर घाइते बनाएको र माेटरसाइकल राेकिराखेकाे बसमा ठक्कर खाँदा चालक पनि घाइते भएका छन् ।

दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घाइते दुवैलाई तत्काल उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा पठाइएकाे प्रत्यक्षदर्शी नवराज केसीले जानकारी दिनुभयाे । थप जानकारी आउन बाँकी छ।

तस्बीरः नवराज केसी



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २७, सोमबार ०२:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP