• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ९७, सबैभन्दा धेरै गण्डकी प्रदेशमा

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ९७, सबैभन्दा धेरै गण्डकी प्रदेशमा

काठमाडौँ । यस वर्ष नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ९७ पुगेको छ। सबैभन्दा धेरै गण्डकी प्रदेशमा संक्रमित रहेका छन् । यहाँ १ हजार ५ सय ६२ जना संक्रमित रहेको तथ्यांक छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ।

यो साता बागमती प्रदेशमा सबैभन्दा धेरै १ सय २५ जनामा संक्रमण देखिएको इडिसिडीले जनाएको छ । त्यसपछि क्रमशः कर्णाली प्रदेशमा १ सय १ जनामा संक्रमण देखिएको छ भने सुदुरपश्चिममा ५९, लुम्बिनीमा ५८, गण्डकीमा ४९, कोशीमा २८ र मधेश प्रदेशमा ८ जना गरी ४ सय २८ नयाँ संक्रमति थपिएका छन् ।

कात्तिक महिनासम्म डेंगु संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन इडिसिडीले आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३०, बिहीबार ०१:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP