काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलरको मूल्य घटेको छ। शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ १९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ।
यस्तै थाइ भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४ रुपैयाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८७ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८ रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७५ पैसा रहेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रतिक्रिया