काठमाडौँ। नेपाली बजारमा दशैंपछि सुनकाे भाउ बढ्ने क्रम निरन्तर रह्याे । अन्तर्राष्ट्रिय बजारमा बढेकाे सुनकाे मूल्यकाे प्रभाव नेपाली बजारमा पनि परेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार अघिल्लाे शनिबार सुनकाे मूल्य प्रतिताेला २ लाख ३८ हजार कायम थियाे । शुक्रबारसम्म आइपुग्दा सुनकाे मूल्य २ लाख ५८ हजार कायम भएकाे छ । शुक्रबार सुन ७ हजार एक सय रुपैंयाँ प्रतिताेला बृद्धि भएकाे हाे । सुनकाे मूल्य याे अहिलेसम्मकै उच्च हाे ।
गत आइतबार सुन ताेलामा २ लाख ३८ हजार नै कायम थियाे । साेमबार २ लाख ४० हजार ४००, मंगलबार २ लाख ४८ हजार ५००, बुधबार २ लाख ४८ हजार ९००, बिहीबार २ लाख ५० हजार ९०० र शुक्रबार २ लाख ५८ हजार कायम भएकाे छ ।
चाँदीकाे मूल्य पनि उच्च बृद्धि भएकाे महासंघले जनाएकाे छ। शुक्रबार चाँदी ३ हजार ३५० रुपैयाँमा काराेबार भएकाे थियाे ।
दशैं बिदापछि सुनकाे भाउ कहिले कति ?
गत असाेज १९ गते आइतबारदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य असाेज २४ गते शुक्रबार घटेकाे थियाे । शनिबार पुनः बढेकाे भए पनि आइतबार स्थिर रहेकाे थियाे। साेमबारदेखि बढेकाे सुनकाे मूल्य मंगलबार एकै दिन ८ हजार १०० ले बढ्याे। बुधबार चार सयले बढेकाे सुन बिहीबार दुई हजारले बढेकाे थियाे ।
नेपाली बजारमा सुनकाे मूल्य असाेज १९ गते एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । असाेज २० गते साेमबार २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन २१ गते २ हजार ३०० ले बढ्याे । २२ गते २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर शुक्रबार भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन गत शनिबार पुनः तीन हजारले बढेकाे थियाे ।
यसअघि असाेज १९ गते आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । असाेज २१ गते २ लाख ३५ हजार चार सय कायम थियाे भने २२ गते २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन २४ गते भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे ।
२५ गते शनिबार बढेर २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे। असाेज २६ गते आइतबार स्थिर भएकाे सुनकाे भाउ २७ गते पुनः बढ्याे भने २८ गते पनि बढ्दै प्रतिताेला २ लाख ४८ हजार ५०० पुगेकाे थियाे। २९ गते २ लाख ४८ हजार ९ सय र ३० गते पनि बढेर उच्च बिन्दुमा पुगेकाे थियाे । यस दिन २ लाख ५० हजार ९ सय कायम भयाे । ३१ गते हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।
प्रतिक्रिया