• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बागमती प्रदेश प्रहरी गण हेटौंडामा कुकुर पूजा सम्पन्न

बागमती प्रदेश प्रहरी गण हेटौंडामा कुकुर पूजा सम्पन्न

मकवानपुर । कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्‍याउने तालिम प्राप्त कुकुरहरुको आज विधिवत पूजा सम्पन्न भएको छ।

बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण र केनाईन शाखामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुले कुकुरहरुलाई पूजा गरी माला लगाई खाने कुराहरुसमेत प्रदान गरि पूजा सम्पन्न गरियो ।

बागमती प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा विभिन्न विधामा तालिम प्राप्त ७ वटा कुकुरहरु सेवारत रहेका छन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ३, सोमबार ११:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP