काठमाडौँ । चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका-४ चप्पल कारखाना बस्ने सोही महानगरपालिका-२९ डिल्लीबजार घर भएका ७७ वर्षीय शोभन शम्शेर जबरालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौँको २०८१ पुस ५ गतेको फैसलाले उक्त मुद्दामा २ बर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।
प्रतिक्रिया