• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ पर्यटकको उद्धार

सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ पर्यटकको उद्धार

काठमाडौँ । नेपाली सेनाले म्याग्दीबाट धवलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरेको छ।

गत मङ्गलबारदेखि परेको हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेका उनीहरुलाई उद्धार गर्न बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सम्मिलित संयुक्त उद्धार टोली त्यहाँ प्रस्थान गरेको थियो ।

उच्च हिमपात, कमजोर ‘भिजिबिलिटी’ तथा सञ्चार कठिनाइका कारण उद्धारमा समस्या भएको सेनाले जनाएकाे छ ।

याक खर्कलाई वेश बनाई तीन दिनको अथक प्रयासपछि करिब ४ हजार ९०० मिटरको बतासेडाँडा इलाकाबाट टोलीले आज फेला पारी याक खर्कसम्म सकुशल उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तस्बीरः नेपाली सेना



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १४, शुक्रबार १३:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP