• २०८३ असार ३० | Tue, 14 Jul 2026

यस वर्ष नौ लाख ४३ हजार बढी पर्यटक नेपाल भित्रिए, अक्टोबरमा मात्रै १ लाख २८ हजार

यस वर्ष नौ लाख ४३ हजार बढी पर्यटक नेपाल भित्रिए, अक्टोबरमा मात्रै १ लाख २८ हजार

काठमाडौँ । यस वर्षको जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो ।

गत अक्टोबरको तथ्याङ्कलाई हेर्दा, युरोपबाट ४० हजार ५०० र दक्षिण एसियाबाट २९ हजार ६० पर्यटक आएका छन्, जसले गर्दा यो महिनाको कुल सङ्ख्या प्रभावशाली देखिएको छ।

अक्टोबरमा नेपाल भ्रमण गर्ने पर्यटकहरूमा भारतबाट सबैभन्दा धेरै १७ हजार २९८ जना रहेका छन्। त्यसपछि अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, र जर्मनीबाट छ हजार ३६६ जना पर्यटक नेपाल आएका थिए।

यसरी प्रमुख स्रोत बजारहरूबाट पर्यटकको आगमन बढ्दा नेपालको पर्यटन क्षेत्रमा थप उत्साह थपिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १७, सोमबार ०१:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP