• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

बनेपामा तीन दिनसम्म चलेकाे नरदेवी श्री श्वेतकालीको १२ वर्षे देवी नाचका देवगणहरुकाे विदाई

बनेपामा तीन दिनसम्म चलेकाे नरदेवी श्री श्वेतकालीको १२ वर्षे देवी नाचका देवगणहरुकाे विदाई

काभ्रेपलाञ्चोक। बनेपामा बिहीबारदेखि शुरु भएकाे परम्परागत–ऐतिहासिक तथा धार्मिक महत्व बाेकेको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सकिएकाे छ । यससँगै देवगणहरुकाे विदाई पनि गरिएकाे छ । नगरप्रमुख शान्तिरत्न शाक्यलगायत जात्रा व्यवस्थापन समितिका सदस्यहरुले आज उनीहरुकाे विदाई गरिएकाे हाे ।

प्रत्येक १२ वर्षमा आयोजना हुने यस नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा शनिबारसम्म सञ्चालन भएकाे थियाे । जात्रा व्यवस्थापन समितिका अनुसार भक्तपुरबाट विधिवतरूपमा बनेपामा देवीको प्रस्थान गराई बिहीबार दिउँसो बनेपाको लायकु गणेशस्थानमा ल्याइएकाे थियाे ।

परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वाः समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिएकाे समितिका संयोजक एवं वडानम्बर ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिनुभयाे । उहाँका अनुसार नाच साँस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइ बिहीबार मध्यरातसम्म परम्परागत शैलीका विभिन्न देवी नाच प्रस्तुत गरिएकाे थियाे ।

बाह्र वर्षमा एकपटक काठमाडौँको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक, बसन्तपुर, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा श्री श्वेतकाली देवी नाच सञ्चालन गरिने परम्परा छ । यही अनुसार बनेपामा पनि देवी नाच देखाइएकाे हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २२, शनिबार ११:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP