पर्सा । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्ब १० करोड मूल्य बराबरको सामान आयात भएको छ । गत आवको तीन महिनाको तुलनामा १९ प्रतिशत आयात बृद्धि हुँदै ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको हाे ।
भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको अवधिमा भने एक खर्ब ८३ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो ।
तीन महिनामा १५ अर्ब ५७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपूर्जा आयात भएको छ । १४ अर्ब ८० करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
सोही अवधिमा ३८ अर्ब नौ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थ आयात भएको छ भने १९ अर्ब ८४ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् ।
त्यस्तै १२ अर्ब ८१ करोड मूल्य पर्ने मलखाद आयात भएको छ । १२ अर्ब १६ करोड मूल्य पर्ने सबै प्रकारका कपडा आयात भएको छ । १२ अर्ब छ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तीनका पार्टपूर्जा आयात भएका कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया