• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

पाँचखालमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

पाँचखालमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

पाँचखाल । काभ्रेकाे पाँचखालमा बिहीबार भएकाे सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ ।

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ स्थित सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँका लागि हिँडेको साे बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि उनका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्गकाे पाँचखाल खण्ड अवरुद्ध गरेका थिए । घटनापछि चालक फरार छन् भने बसलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

तस्बीरः राजन कार्की



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ४, बिहीबार ११:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP