• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

बागमती प्रदेशः थपिए दुई लाख पाँच हजार नयाँ मतदाता, कूल संख्या ३६ लाख १८ हजार नाघ्याे

बागमती प्रदेशः थपिए दुई लाख पाँच हजार नयाँ मतदाता, कूल संख्या ३६ लाख १८ हजार नाघ्याे

हेटाैंडा । बागमती प्रदेशका १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता थपिएका छन् ।

यससँगै अब प्रदेशकाे कूल मतदाता संख्या ३६ लाख १८ हजार ३७ पुगेको छ। विसं २०७९ मङ्सिरमा भएको निर्वाचनमा प्रदेशको मतदाता सङ्ख्या ३४ लाख २२ हजार ८६९ थियो ।

मकवानपुर जिल्लामा गत २०७९ को निर्वाचनमा तीन लाख दुई हजार २४ जना मतदाता रहेकामा राष्ट्रिय परिचयपत्रको तथ्याङ्कबाट सात हजार ६३३ जना र प्रदेश निर्वाचन कार्यालयमा दर्ता भएका छ हजार ९७० जना नयाँ मतदाता थप भएका बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ९, मंगलवार ०२:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP