• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

आज बस्ने भनिएकाे कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो, अब कहिले ?

आज बस्ने भनिएकाे कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो, अब कहिले ?

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। बिहीबार बस्ने भनिएको बैठक शुक्रबारसम्मलाई सरेको हो।

पार्टीको महाधिवेशनबारे ठोस निर्णय गर्न नसकेको कांग्रेसले पटकपटक बैठक सार्दै आएको छ। गत असोज २८ गते सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको केन्द्रीय समिति बैठक अझै पनि टुंगिएको छैन ।

महामन्त्रीद्वय गगकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता तत्कालै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर संस्थापन समूह (सभापति शेरबहादुर देउवा) समूह भने प्रतिनिधि सभा निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

महामन्त्री थापाले अब नियमित महाधिवेशनको च्याप्टर सकिएको र विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको बताउँदै आएका छन्। यही विषयमा सहमति नहुँदा कांग्रेस बैठक सर्दै आइरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ११, बिहीबार ०१:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP