बनेपा । काउली पहिले जस्ताे एउटा निश्चित समयमा मात्र फल्ने प्रक्रिया अब पुरानाे भइसक्याे । बेमाैसमीरुपमा काउलीकाे उत्पादन थालिएसँगै यसमा धेरै प्रकारका राेगकाे प्रकाेप पनि बढेकाे छ । यद्यपी काउलीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा भने सबै किसानका लागि उपयाेगी नै हुन्छ ।
विज्ञहरुका अनुसार काउलीको खाने भाग (कर्ड) फुक्नु भन्दा पहिले नै कसिलो अवस्थामा नै काट्नु पर्दछ । काउलीलाई ढाकेको सबैभन्दा भित्र पट्टीका पातहरू हटाउनु हुँदैन र त्यसभन्दा तल एक तह पातहरू पनि हटाउनु हुँदैन । तिनीहरुको टुप्पा मात्र काट्नु पर्दछ र बाँकी सबै तहका पातहरू हटाउनु पर्दछ ।
शित लागेको समयमा काट्नु हुँदैन । सम्भव भएसम्म काउली साँझतिर मात्र काट्नु पर्दछ । काटेपछि छहारीमा राख्नु पर्दछ । टोकरीमा वा प्लास्टिक झोलामा प्याकिङ गरी बजार पठाउनु पर्दछ ।
प्रतिक्रिया