• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

यस वर्षको एसइई परीक्षा तालिका सार्वजनिक, चैत १९ गतेदेखि हुने

यस वर्षको एसइई परीक्षा तालिका सार्वजनिक, चैत १९ गतेदेखि हुने

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै यसकाे जानकारी दिएको हो ।

तालिका अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि र २४ गते सामाजिक अध्ययनकाे परीक्षा हुनेछ ।

त्यस्तै चैत २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने तालिका छ ।

बोर्डका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुनेछ ।

यसपटक फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएका कारण एसइई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ८, बिहीबार ०२:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP