काठमाडाैँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १९ जना पक्राउ परेका छन् ।काठमाडौँ चन्द्रागिरी नगरपालिका-९ विष्णुदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ९ ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नुवाकोट घर भएका ३३ वर्षीय सनि गुरूवाचार्य र सोही नगरपालिका-९ बस्ने बारा घर भएका २० वर्षीय महम्मद कैसखान रहेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पर्सा, ठोरी गाउँपालिका-५ ठुलोवाघ मोर्चाबाट अवैध लागूऔषध गाँजा करिब ४८ किलो ३ सय ग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय चिनीलाल पाख्रीन र सोही गाउँपालिका-४ बस्ने ६० वर्षीय छेठु पाख्रीन रहेका छन् । इलाका प्रहरी कार्यालय ठोरी र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले चिनीलालको गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा करिब १० किलो १ सय २४ ग्रामसहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश मुजफरपुर थाना कोतपाल बस्ने २३ वर्षीय मुसिर मिया, २० वर्षीय जुबेर मिया र ४० वर्षीया साबिरा खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले युपि ३२ एफएफ ००५५ नम्बरको कारमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रदिप राना र २४ वर्षीय शिवराम राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने ४४ वर्षीय गणेश गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र नगद ३२ हजार रूपैयाँसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० चारबगीया बस्ने २८ वर्षीय बिरू बस्नेत, सोही उपमहानगरपालिका-७ राजपुर बस्ने २४ वर्षीय भरत खड्का र सोही उपमहानगरपालिका-९ बस्ने ३२ वर्षीय गोबिन्द खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१३ उधोपुर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ फूलटेक्रा बस्ने ३६ वर्षीय रोहित पुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले भे.३ प १४९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५७ ट्याब्लेटसहित सोही ठाउँ बस्ने ४२ वर्षीय ईरसाद अलिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरभवन र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
धनुषा, बिदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित शहिदनगर नगरपालिका-२ यदुकाहा बस्ने २४ वर्षीय उमेश ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ७६३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तनहुँ, ब्यास नगरपालिका- ११ दरै पँधेरा बस्ने २३ वर्षीय संगम गुरूङसमेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ७१ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले संगमको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १२ ट्याब्लेटसहित लालबन्दी नगरपालिका-७ बस्ने २० वर्षीय राजा मन्सुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया