• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

आजकाे माैसमः केही प्रदेशमा भारी वर्षा हुन सक्ने

आजकाे माैसमः केही प्रदेशमा भारी वर्षा हुन सक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ। जसले गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

यतिबेला देशभर अधिकांश भागमा बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

सोमबार दिउँसाे देशभरको मौसम सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै देशका पहाडी भागका धेरै स्थान, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ४, सोमबार ०७:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP