• २०८३ असार ३१ | Wed, 15 Jul 2026

करिब १ हजार १ सय १५ किलो गाँजासहित सुनसरी र पर्साबाट तीन जना पक्राउ

करिब १ हजार १ सय १५ किलो गाँजासहित सुनसरी र पर्साबाट तीन जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५ किलोग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका-८ बस्ने संदिप कुमार माझी र काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ३३ वटा पोकामा रहेको करिब ४ सय ९५ किलोग्राम गाँजा फेला पारी चालक संदिप कुमारलाई पक्राउ गरेको हो ।

यसैगरी बिएसि ३२३६ नम्बरको गाडीबाट २३ वटा पोकामा रहेको करिब ४ सय ६० किलोग्राम गाँजा फेला पारी चालक नगेन्द्र राजलाई पक्राउ गरेको हो ।

पर्सा, पकाहा मैनपुर गाउँपालिका-२ कट्टी बालुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ६० किलोग्रामसहित काभ्रे घर भएका २२ वर्षीय बुद्धिलाल भोलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सुरजहाकट्टी समेतबाट खटिएको प्रहरीले प्रदेश ३-०१-००२ च ५४३२ नम्बरको कारमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली नगरपालिका-८ घर भएकी १९ वर्षीया सुनिता बस्याल रहेका छन् ।

कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका-४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ५, मंगलवार १२:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP