• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

भारतबाट बढेर आयाे पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हाेला ?

भारतबाट बढेर आयाे पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हाेला ?

काठमाडौँ । इन्डियन आयल कर्पाेरेसनले नेपालमा पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ ।

तर नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भए पनि पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।

निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढेर आएको छ ।

पेट्रोलमा प्रतिलिटर २.१०, डिजेलमा २.४६ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँले मूल्य वृद्धि भए पनि निगमले मूल्यवृद्धि नगरी मूल्य यथावत राखेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १६, शनिबार १४:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP