• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

अवैध लागूऔषध गाँजासहित बनेपाकाे नालाबाट एक जना पक्राउ

अवैध लागूऔषध गाँजासहित बनेपाकाे नालाबाट एक जना पक्राउ

काभ्रे । बनेपा नगरपालिका- ४ नालाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ३० ग्रामसहित नमोबुद्ध नगरपालिका-८ बस्ने २७ वर्षीय आशिष लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार लामालाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १९, मंगलवार १४:२९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP