• २०८३ असार ३० | Tue, 14 Jul 2026

अमेरिका-इजरायल आक्रमणः इरानमा हालसम्म ७८७ जनाको मृत्यु

अमेरिका-इजरायल आक्रमणः इरानमा हालसम्म ७८७ जनाको मृत्यु

काठमाडौँ । अमेरिका-इजरायल आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या ७८७ पुगेको छ।

इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार अमेरिका र इजरायलले शनिबारदेखि आक्रमण सुरु गरेयता इरानमा ७८७ जनाको ज्यान गएको हाे।

अमेरिकामा आधारित मानवअधिकार संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान (एचआरएएनए)’ले ७४२ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ, जसमा १७६ बालबालिका पनि समावेश छन्।

इरानी संसदको स्वास्थ्य आयोगकी सदस्य फातेमा मोहम्मदबेइगीले सोमबार इरानका नौ वटा अस्पताललाई निशाना बनाइएको दाबी गर्दै इजरायल र अमेरिकामाथि अस्पताल लक्षित आक्रमण गरेको आरोप लगाएकी छन्।एजेन्सी

 



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २०, बुधबार ०१:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP