काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेकाे छ । निर्वाचन आयाेगका अनुसार हालसम्म १६५ मध्ये १५५ स्थानकाे नतिजा आइसकेकाे छ ।
विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा मतगणना भई धमाधम परिणाम आइसकेका हुन् । मतगणना भइसकेका स्थान मध्ये रास्वपाकाे पक्षमा उल्लेख्य जनलहर देखिएकाे छ ।
जसमा रास्वपा ६ स्थानमा अग्रता रहँदा ११९ स्थानमा विजयी भइसकेकाे छ । कांग्रेसले १७ स्थानमा जीत हात पारेकाे छ। यस्तै एमाले ३ स्थानमा अघि र ७ स्थानमा जीत हात पारेकाे छ ।
नेकपाले ७ स्थानमा जीत हात पारेकाे छ । श्रम संस्कृति ३ स्थानमा जितेकाे छ । यसैगरि राप्रपाले १ स्थानमा जितेकाे छ भने स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट हात पारेका छन् । उता समानुपातिकमा पनि रास्वपा नै अघि देखिएकाे छ ।
प्रतिक्रिया