काठमाडौँ । बिहीबार दिउँसो देशका केही जिल्लामा पानी परेको छ। चितवन, गोरखा, कास्की, मुस्ताङ, उदयपुरमा पानी परेको छ ।
उदयपुरमा ८२.२ मिलिमिटर, गोरखामा ८० मिलिमिटर तथा चितवनमा ६० मिलिमिटर भन्दा धेरै वर्षामापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरू केही ठाउँमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ ।गएराति कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । बाँकी भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।
आज पनि कोशी प्रदेशका केही ठाउँ, मधेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँमा वर्षा हुन सक्ने सम्भावना छ।
यस्तै बागमती र गण्डकी प्रदेशका तराई भागलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
प्रतिक्रिया