• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

सिन्धुपाल्चाेकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण

सिन्धुपाल्चाेकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण

चाैतारा । सिन्धुपाल्चाेकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा ‘एक जिल्ला एक स्वस्थ शहर कार्यक्रम’ जिल्ला स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रममा साेमबार सम्पन्न भएकाे हाे ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चाेकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा जिल्ला समन्वय समिति, चौताराकाे सभाहलमा कार्यक्रम भएकाे हाे । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिसस उपप्रमुख पदमनाथ नेपाल, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, who बागमती प्रदेशका प्रतिनिधिलगायत सहभागी कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले कार्यक्रमबारे जानकारी गराउनुभएकाे थियाे ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले तयार पारेकाे स्वस्थ शहर कार्यान्वयन निर्देशिका २०८२ का बारेमा पनि जानकारी दिइएकाे थियाे । यसलाई कार्यान्वयन गर्न जिल्ला समन्वय समिति प्रमुख संयाेजक रहेकाे जिल्ला स्तरिय स्वस्थ शहर समन्वय समिति पनि गठन भएकाे छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ शहर’ घोषणा गर्ने तयारी गरेको छ। यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकारवाला निकायलाई स्वस्थ, सुरक्षित र दिगो शहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरणसमेत सम्पन्न भइसकेकाे छ । यससँगै १३ वटा जिल्लाका १३ वटा पालिकामा याे अभियान शुरु भएकाे छ ।  ‘एक जिल्ला एक स्वस्थ शहर’ अन्तर्गत सिन्धुपाल्चाेकमा भने मेलम्ची छनौट भएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १०, मंगलवार ०७:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP