• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रहरी समाचारः क्रोएशिया पठाइदिन्छु भन्दै ११ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ

प्रहरी समाचारः क्रोएशिया पठाइदिन्छु भन्दै ११ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-७ बस्ने गुल्मीकाे गुल्मी दरबार गाउँपालिका-४ घर भएका ४५ वर्षीय रबिन्द्रजंग रायमाझीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रबिन्द्रले क्रोएशिया पठाइदिन्छु भनी ३ जना पीडितहरूबाट ११ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

नक्कली सुन दिई रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौँ । नक्कली सुन दिई रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भन्ने धनबिर वाईबालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनको बिस्कुट आकारको सुन जस्तो देखिने धातु देखाई रकमको एकदमै आवश्यक परेको भनि ललाईफकाई उक्त धातु दिई १४ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं टोखा नगरपालिका-९ शिव मन्दिरस्थित एक होटलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ५ सय ४७ ग्राम ६ सय ९० ग्राम तौलको बिष्कुट आकारको सुन जस्तो देखिने धातु, मोबाइल ३ थान, सुनको मुन्द्रा १ थान लगायतका सरसामान बरामद गरेको छ । उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित बिक्रम थापा मगरको घरबाट सुनको गरगहना, मोबाइल र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने धादिङ गंगाजमुना गाउँपालिका-७ फुलखर्क घर भएका २२ वर्षीय प्रशन्न अधिकारी, काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ओखलढुंगा खिजीदेम्बा गाउँपालिका-९ घर भएका २९ वर्षीय लाक्पा शेर्पा, काठमाडौं महानगरपालिका-२६ म्हेपी बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका-१७ घर भएका २८ वर्षीय प्रदिप गुरूङ, रसुवा नौकुण्ड गाउँपालिका-५ घर भएका २८ वर्षीय सागर कामी र काठमाडौं महानगरपालिका-१५ न्यूरोड बस्ने भारत महाराष्ट्र सोलपुर तान्दुलवाडी थाना खोरेबस्ती ग्राम घर भएका २८ वर्षीय गौरब गुणाजी मोरे रहेका छन् ।

गत फागुन २८ गते चोरी भएको उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न प्रशन्नलाई काठमाडौं मित्रनगरबाट, लाक्पालाई काठमाडौं कपुरधाराबाट, प्रदिपलाई काठमाडौं म्हेपीबाट, सागरलाई काठमाडौं नयाँबजारबाट र गौरबलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २३ ग्राम ३ सय मिलिग्राम तौलको सुनका ढिक्का ३ थान र मोटरसाइकल १ थानसमेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २५ वर्षीय सुरज राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सुरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भक्तपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने १९ वर्षीय साहिल बासुकलालाई गए राति प्रहरीले पक्राउ गरेको छ । साहिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर दुधपाटीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १२, बिहीबार ०९:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP