• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज पनि ह्वात्तै बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि ह्वात्तै बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । आज प्रतिताेला ७ हजार ४०० रुपैँयाँले मूल्य बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९७ हजार ६०० कायम भएको छ ।

याे हप्ता आइतबार ५ हजार रुपैँयाँले मूल्य बढेकाे थियाे भने साेमबार २ हजार ५०० ले घट्याे । मंगलबार ६ हजार ७०० रुपैँयाँले मूल्य बढेकाे थियाे ।

गत हप्ता आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे भने साेमबार प्रतिताेला ६ हजार ५०० रुपैँयाँले मूल्य घट्याे । मंगलबार पनि १ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे थियाे । बुधबार १४ हजार ६०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार २ हजार ९०० ले घटेको थियो । शुक्रबार ४ हजार ६०० रुपैँयाँले मूल्य घट्याे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । आज १०० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ९४५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १८, बुधबार ०५:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP