• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

३३ दशमलव २७ अङ्कले बढ्याे नेप्से, कति भयाे काराेबार ?

३३ दशमलव २७ अङ्कले बढ्याे नेप्से, कति भयाे काराेबार ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज आज एक दशमलव १७ प्रतिशतले बढेकाे छ। नेप्से ३३ दशमलव २७ अङ्कले बढेसँगै दुई हजार ८६६ दशमलव ८७ को विन्दुमा कायम भएको छ।

आज ३४४ कम्पनीका दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री भए । जसमा १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ३०, विकास बैंक एक दशमलव ५३, वित्त एक दशमलव २१, होटल तथा पर्यटन तीन दशमलव १६, जलविद्युत् दुई दशमलव १४ र लगानी समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ । आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २, बुधबार १०:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP