• २०८३ भाद्र १९ | Fri, 04 Sep 2026

कक्षा १२ को अन्तिम परीक्षा आजदेखि शुरुः ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को अन्तिम परीक्षा आजदेखि शुरुः ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ । माध्यमिक तह कक्षा १२ को अन्तिम परीक्षा सोमबारदेखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् ।

यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ । यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज परीक्षा दिँदैछन् ।

परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको छ । वैशाख २७ गते परीक्षा सकिने समय तालिका छ ।

यस वर्ष गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेको छ । गत वर्ष ५ लाख ११ हजार ५२५ जना विद्यार्थीले परीक्षा दिएका थिए । यस वर्ष ९२ हजार ७२५ जना कम विद्यार्थी छन् । गत वर्ष कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १४, सोमबार ०१:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP