काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २५ दशमलव ८१ अंकले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम झरेको हो ।
आज ३५१ कम्पनीका एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री भए । जसबाट चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज विकास बैंक शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह एक दशमलव ०९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ ।
यस्तै बैंकिङ शून्य दशमलव ७६, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन एक दशमलव ६४, जलविद्युत् एक दशमलव ४५, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव ८४ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव २४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया