• २०८३ असार ३० | Tue, 14 Jul 2026

जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा खानेपानी तथा पानीजन्य रोगसम्बन्धी अभिमुखीकरण

जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा खानेपानी तथा पानीजन्य रोगसम्बन्धी अभिमुखीकरण

भुम्लु । जनस्वास्थ्य कार्यालय काभ्रेले खानेपानी तथा पानीजन्य रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रमकाे आयोजना गरेकाे छ ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना तथा भुम्लु र चौँरीदेउराली गाउँपालिकाको समन्वयमा “महामारी कार्यक्रम” अन्तर्गत खानेपानी तथा पानीजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

वैशाख ३१ गते भुम्लु गाउँपालिकाकाे कार्यालयमा तथा जेठ १ गते चौँरीदेउराली गाउँपालिका कार्यालयमा कार्यक्रम सम्पन्न भएकाे जनस्वास्थ्य कार्यालय, काभ्रेले जनाएकाे छ ।

कार्यक्रममार्फत सुरक्षित खानेपानी, पानीजन्य रोगको रोकथाम तथा नियन्त्रण, सरसफाइ र महामारी व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

७८ जनाको सहभागिता रहेको कार्यक्रममा खानेपानी उपभोक्ता समिति, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ५, मंगलवार १५:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP