• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः वर्षा क्रमशः कम हुने, तापक्रम बढ्ने

आजकाे माैसमः वर्षा क्रमशः कम हुने, तापक्रम बढ्ने

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम बिस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ ।

पछिल्लो २४ घण्टामा दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा वर्षा रोकिएको छ । विभागका अनुसार जेठ १९ गते मधेस प्रदेश तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।

देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने छ । तराईमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने तथा तराईमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले सोमबार साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १९, मंगलवार ०६:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP