• २०८३ जेष्ठ २९ | Fri, 12 Jun 2026

कस्ताे रहला आजकाे माैसम ?

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल देशभर साधारणतया बादल लागेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरूमा वर्षा हुनेछ ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भाग तथा कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत कर्णाली प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २८, बिहीबार ०७:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP