• २०८३ जेष्ठ २९ | Fri, 12 Jun 2026

२०८३ जेठ २८ गते बिहीबार, यस्तो छ आजको राशिफल

२०८३ जेठ २८ गते बिहीबार, यस्तो छ आजको राशिफल

काठमाडौँ । २०८३ जेठ २८ गते बिहीबार, तदनुसार ११ जुन २०२६ । यस्तो छ आजको राशिफलः
मेष
आयआर्जनमा सुधार हुनेछ । नयाँ अवसर प्राप्त हुन सक्छ । यात्राबाट लाभ हुने संकेत छ । फजुल खर्च टार्ने आवश्यकता छ ।
वृष
आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका काम अघि बढ्नेछ । मानसम्मान प्राप्त हुनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

मिथुन
धन लाभका अवसर बढ्नेछन् । व्यवसायमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । छोटो यात्रा फलदायी बन्न सक्छ ।
कर्कट
खर्च बढे पनि आवश्यक काम पूरा हुनेछन् । यात्रामा सावधानी अपनाउनु उपयुक्त हुनेछ । पेसागत क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ ।

सिंह
आम्दानीका स्रोत बढ्ने योग छ । कार्यक्षेत्रमा प्रशंसा पाइनेछ । मान प्रतिष्ठा वृद्धि हुनेछ । नयाँ सम्बन्ध लाभदायक बन्नेछन् ।
कन्या
आर्थिक निर्णयमा सतर्कता आवश्यक छ । मिहेनतअनुसार प्रतिफल मुस्किलले प्राप्त हुनेछ । अध्ययन र व्यवसायमा अवसर आउनेछन् ।
तुला
धन लाभका नयाँ स्रोत प्राप्त हुनेछन् । मानप्रतिष्ठा बढ्नेछ । छोटो यात्राको योग छ । महत्वपूर्ण व्यक्तिसँग भेटघाट हितकर रहनेछ ।

वृश्चिक
लगानीबाट लाभ मिल्न सक्छ । कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्नेछ । धैर्य राखे सफलता प्राप्त हुनेछ ।
धनु
व्यापार तथा रोजगारीमा सकारात्मक प्रगतिको योग छ । यात्राबाट अवसर मिल्नेछ । सम्बन्ध सुदृढ बन्नेछन् । आम्दानी बढ्ने संकेत छ ।
मकर
अनावश्यक विवादबाट टाढा रहनुहोस् । आर्थिक लाभ मध्यम रहनेछ । अधुरा काम पूरा हुनेछन् । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ ।

कुम्भ
नयाँ योजना कार्यान्वयनका लागि राम्रो समय छ । यात्राले फाइदा दिनेछ । धन लाभ हुनेछ । मान प्रतिष्ठा वृद्धि हुनेछ । स्फूर्ति बढ्नेछ ।
मीन
खर्च र आम्दानीबीच सन्तुलन कायम रहनेछ । पेसागत अवसर बढ्नेछन् । सामाजिक सम्मान प्राप्त हुनेछ । आफन्तसँग भेटघाट हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २८, बिहीबार ०७:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP